२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

मेरो घर डडेल्धुरा हो, सुदूरपश्चिममा सबैभन्दा बढी बजेट छुट्याउँछु : प्रधानमन्त्री देउवा

मेरो घर डडेल्धुरा हो, सुदूरपश्चिममा सबैभन्दा बढी बजेट छुट्याउँछु : प्रधानमन्त्री देउवा

जनसेवा न्युज डटकम संवाददाता

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिममा सबैभन्दा बढी बजेट छुट्याउने बताएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित गठबन्धनको संयुक्त चुनावी आसभामा देउवाले भने, ‘अहिले गठबन्धनको सरकार छ । फेरि पनि गठबन्धनको नै सरकार रहन्छ । गठबन्धनको सरकारले पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिन्छ । सबैभन्दा बढी बजेट पनि सुदूरपश्चिममै बडाउने विश्वास दिलाउँछु ।’

सुदूरपश्चिमका कारणले आज प्रधानमन्त्री भएको भन्दै देउवाले यहाँको विकास गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए । ‘मेरो घर डडेल्धुरा हो थाहा नै छ । यहाँ ९कैलाली० बाट पनि मलाई तपाईहरुले जिताउनु नै भएको हो । यो ठाउँ मेलाई अत्यन्तै महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘सुदूरपश्चिमका कारणले म आज प्रधानमन्त्री भएको छु । तपाईहरुको सहयोगले प्रधानमन्त्री भएको हुँ । मैले यहाँको विकास अवश्य गर्ने छु ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com