२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

गठबन्धनलाई सेतीमा सलल बगाइदिनुपर्छ: केपी ओली

गठबन्धनलाई सेतीमा सलल बगाइदिनुपर्छ: केपी ओली

जनसेवा न्युज डटकम संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई सेती नदीमा बगाइदिनुपर्ने बताएका छन्।

नेकपा एमालेले पोखरामा आयोजना गरेको चुनावी सभालाई सोमबार सम्बोधन गर्दे ओलीले उक्त कुरा बताएका हुन्।

‘पाँच दलीय गठबन्धनलाई पराजित गरेर राष्ट्रनिर्माणको महाअभियानमा लाग्दैछौं,’ उनले भने, ‘टुडो भाँचिने मसी नभएको कलम जस्तो हो र, यस्ताका विरूद्ध एक जुट भएर सेतीमा सलल गरिदिनुपर्छ।’

ओलीले पोखरा महानगरमा एमालेका उम्मेदवार जिताउन आग्रह गर्दै विकासको जिम्मा पार्टीले लिने दाबी गरे। ‘उम्मेदवार जिताउने जिम्मा तपाईँको, विकासको जिम्मा एमालेको’ उनले भने, ‘यही सन्देश गाउँ गाउँमा टोल टोलमा यही भनेको छ एमालेको अध्यक्षले भनेर पुर्‍याइदिनुस्।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com