२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Janasewa News

बैंकिङ कसुरका दोषीलाई अदालतमा पेश

बैंकिङ कसुरका दोषीलाई अदालतमा पेश

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई झण्डै रु ३७ लाख जरिवाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले बैंँकिङ कसुरमा काठमाडौँ महानगरपालिका– ८ का ५० वर्षीय रामसुन्दर डङ्गोललाई पक्राउ गरेको हो । उनले विसं २०७७ मा कैलाश विकास बैंक लिमिटेडमा रहेको बैंक खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए ।

उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको उनी विरुद्ध मुद्दा परेको थियो । बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा उच्च अदालत पाटनको यही ४ गतेको फैसलाले डङ्गोललाई ७ दिन कैद र रु ३६ लाख ७५ हजार जरिवाना हुने ठहर गरेकोको थियो ।

फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा सोमबार काठमाडौँको पिङ्गलास्थानबाट पक्राउ गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कलम थापाले जानकारी दिए । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com