२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

जिरीमा एमालेको चुनावी प्रचार सामग्रीसहित १९ जना शंकास्पद युवा पक्राउ, तीन वटा गाडी तोडफोड

जिरीमा एमालेको चुनावी प्रचार सामग्रीसहित १९ जना शंकास्पद युवा पक्राउ, तीन वटा गाडी तोडफोड

दोलखा । दोलखाको जिरी नगरपालिकामा शंकास्पद १९ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय जिरीले गौरीशंकर गाउँपालिका घर भएका जंग बहादुर गुरुङ (जेवी) को नेतृत्वमा रहेका शंकास्पद युवाहरुलाई लिंकन बजार क्षेत्रबाट पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय जिरीबाट खटिएका प्रहरी निरीक्षक बी।बी।को बस्नेतको टोली र सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । जेवी गौरीशंकर गाउँपालिका वडा नं. ६ का एमाले वडाअध्यक्ष उम्मेदवार भुवन गुरुङका भाइ हुन् ।

भ्यान, बोलेरो, स्कारपियो लगायतका ५ वटा सवारी साधनमा जिरी भित्रेका युवाहरु शंकास्पद लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आफूहरुले सोधखोज गर्दा उनीहरुले परिचय अस्पष्ट दिएको र अपशब्द प्रयोग गरेको स्थानीयले जनाएका छन् ।

युवाहरू पाँच वटा गाडीमा आएका थिए । तीन वटा गाडी र १९ जना युवा पक्राउ परेपनि पनि दुई वटामा केही व्यक्तिहरू फरार भएका छन् ।

उपस्थित स्थानीयको भिडमाथि एउटा बोलेरो कुदाउन खाजेपछि प्रहरीले फायरिङ गरेर नियन्त्रणमा लिएको थियो । प्रहरीले सात राउन्ड हवाई फायरिङ गरेको थियो ।

त्यसपछि आक्रोशित भिडले युवाहरुको तीन वटा गाडीमा तोडफोड गरेका छन् । स्थानीयले उनीहरुको गाडीमा तोडफोड गरेपछि केहीबेर तनावग्रस्त भएको थियो ।

उनीहरुले चढेको गाडीमा नेकपा एमालेको चुनावी प्रचार पर्चा समेत फेला परेको छ । उनीहरुमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दोलखा प्रवेशमा कडाइ गरेको पनि जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com