२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

भोट हाल्न गाउँ फर्किनेहरु बढे

भोट हाल्न गाउँ फर्किनेहरु बढे

 

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किनेको भीड लागेको छ । कोटेश्वर क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको हो ।

विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तर आजबाट कतिपय विद्यालयहरु पनि बन्द भएकाले विद्यार्थी र उनीहरूका अभिभावकहरू जिल्ला फर्किने क्रम ह्वात्तै बढेको छ ।

आज बिहानदेखि कोटेश्वरदेखि साँगा नाकासम्मका विभिन्न ठाउँका बसस्टपमा भिड लागेको छ । देशको पुर्वी भेगका अधिकांश जनता अरनिको राजमार्ग हुँदै भक्तपुरको साँगा नाकाबाट बाहिरने गर्छन् ।

कतिपयले गाडी रिजर्भ गरेर मानिसहरू गाउँसम्म ओसारिरहेका छन् । मतदाता नामावलीमा आफ्नो नाम जहाँ छ, त्यहीँबाट मात्र मतदान गर्न पाइने भएकाले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न उपत्यका छाडेर घर फर्किएको उनीहरुले बताएछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com