२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

बिल गेट्सलाई कोभिड सङ्क्रमण पुष्टि

बिल गेट्सलाई कोभिड सङ्क्रमण पुष्टि

 

एजेन्सी । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराउनुभएको छ ।

उहाँद्वारा ट्वीटरमा जारी सन्देशमा आफूले पूर्ण मात्रा खोप लगाएको, परीक्षण र चिकित्सा उपचार लिइरहेको बताइएको छ ।

मलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु र म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु, उहाँले भन्नुभएको छ ।

“मैले बुस्टरसहित तीन वटै खोप लगाइसकेको छु । खोप लगाउन, परीक्षण तथा महान चिकित्सा उपचारको पहुँच पाएकोमा म आफूलाई भाग्यशाली ठानेको छु, उहाँले ट्वीटमा भन्नुभएको छ ।

उहाँ आफ्नो बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनसँग कोभिड–१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी हुनुभएको छ ।
विश्वका अति धनाड्य व्यक्ति अर्बपति बिल गेट्सले ‘अर्को महामारीलाई कसरी रोक्ने’ शीर्षकमा नयाँ किताब मे को सुरुतिर प्रकाशन तथा सार्वजनिक गर्ने तयारी गरिरहनुभएको बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com