२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

 

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा हुने मृत्युदर कम गर्न अति उच्च उचाइको वातावरणसम्बन्धी अध्ययन सुरु भएको छ। सगरमाथा आरोहण गर्ने क्रममा विभिन्न उचाइका स्थानमा आरोहीको मृत्यु हुन थालेपछि चीनले सगरमाथामा ती स्थानको बरफ र हिउँको नमुना सङ्कलन गरी अध्ययन र अनुसन्धान गर्न थालेको हो।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यस अध्ययनले अति उच्च उचाइको वातावरणले मानिसको शरीरमा पार्ने प्रभाव र उक्त प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे तथ्य सार्वजनिक गर्ने विश्वास गरिएको छ। सङ्कलित नमुनाको तिब्बतको ल्हासास्थित एक अनुसन्धान संस्थामा अध्ययन गरिनेछ । नेपाल(चीन सीमा क्षेत्रमा अवस्थित सगरमाथा क्षेत्रको वातावरण विश्लेषणका लागि चिनियाँ वैज्ञानिक टोलीले सङ्कलन गरेका नौ सिलिन्डर बरफ र हिउँको नमुना ल्हासास्थित चाइनिज एकेडेमी अफ साइन्सेजमा अध्ययन गर्न थालिएको छ।

फरक(फरक तीनवटा नमूना सगरमाथाको चुचुरोबाट सङ्कलन गरिएका हुन् भने बाँकी छ नमुना सात हजार २८ मिटरको उचाइबाट लिइएको चाइना मिडिया समूहले उल्लेख गरेको छ। हिमाल आरोहणको क्षेत्रमा संसारको सबैभन्दा उच्च भूभागबाट यसरी नमुना लिएर अध्ययन गर्न थालिएको पहिलो पटक हो। १३ सदस्यीय आरोहण दलले गत साता सगरमाथाको सफल आरोहण गरी ती नमुना संकलन गरेको चिनियाँ सञ्चार संस्थाले जनाएको छ। सङ्कलित सबै नमुना तिब्बत पठारभूमि अनुसन्धान केन्द्रको आइस कोर बैङ्कमा भण्डार गरिएको छ। यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com