२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

एमालेका २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष

एमालेका २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष

जनसेवा न्युज कडटकम संवाददाता

 

नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

बुलिङटार गाउँपालिकालाई नवलपुरमा काँग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यस अगाडीको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्षसहित वडा अध्यक्ष, सदस्य सबै पदमा काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।

सुनारीले नेपाली काँग्रेसका उम्मेदवार शशि किरण बस्ताकोटीलाई एक सय ५९ मतले पराजित गरेका हुन् । उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् । पूर्व सांसद दामोदर बस्ताकोटीका छोरा उनलाई काँग्रेस नेता शशाङ्क कोइरालाको रुचीमा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा दोहोर्याइएको थियो ।

अध्यक्ष पदमा सुनारीले ४०५९ मत गरेका छन् भने बस्ताकोटीले ३९०० मत गरे । गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया राना ४२३९ मत प्राप्त गर्दै विजयी भएकी छन् ।

एमालेको तर्फबाट पालिका उपाध्यक्ष पदको उम्मेदवार भूमिका खण्डलुक मगरले ३५१९ मत प्राप्त गरिन् । गाउँपालिका अध्यक्ष पदमा निर्वाचित सुनारीले मेकानिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com