२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

बैतडीको​ शिवनाथको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

बैतडीको​ शिवनाथको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

जनसेवा न्युज डटकम संवाददाता

 

बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका कर्णसिंह साउद र उपाध्यक्षमा नेकपा (एमाले) का शकुन्तला साउद विजयी भएका छन् । अध्यक्षमा कर्णले ३ हजार १ सय ६५ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हजारी साउदले २ हजार ८ सय ४९ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेका शकुन्तला साउदले २ हजार ८ सय १७ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नरेन्द्रसिंह साउदले २ हजार ६ सय ७९ मत ल्याएका छन् । ६ वडा रहेको शिवनाथको ३ वडामा नेकपा (माओवादी केन्द्र) ले विजय हासिल गरेको छ भने, २ वडामा काँग्रेस र १ मा एमाले विजय भएको छ ।

शिवनाथ गाउँपालिकाको वडा नं: १, वडा नं: ३ र वडा नं: ५ मा नेपाली काँग्रेस विजयी भएको छ भने, वडा नंं: २, वडा नं: ४ मा नेकपा एमाले विजय भएको छ । वडा नं: १ को अध्यक्षमा काँग्रेसका बल्देवसिंह चाड विजयी हुँदा वडा नं:२ को अध्यक्षमा एमालेका सुरेन्द्र सिंह साउद विजयी भएका छन् ।

यसैगरी वडा नं:३ मा काँग्रेसका केशव कलौनी विजयी हुँदा वडा नं: ४ मा एमालेका धनबहादुर महता विजयी भएका छन् । वडा नं: ५ मा काँग्रेसकै केशव चन्द विजयी भएका छन् । वडा नं: ६ मा नेकपा (माओवादी केन्द्र) का भरत पार्की विजयी भएका छन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com