२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

भक्तपुरमा प्रतिद्वन्द्वीभन्दा २४ हजार मतान्तरसहित जित नजिक सुनिल प्रजापति

भक्तपुरमा प्रतिद्वन्द्वीभन्दा २४ हजार मतान्तरसहित जित नजिक सुनिल प्रजापति

 

काठमाडौँ । भक्तपुर नगरपालिकामा अहिलेसम्म फराकिलो मतान्तरले नेपकिपाकै अग्रता कायम छ । हालसम्मको मतगणनामा नेमकिपाका मेयर सुनिल प्रजापतिले २७ हजार ६ सय ६० मत प्राप्त गरेका छन् । कांग्रेसका मेयर उम्मेदवार रामप्रसाद कासुला ३ हजार १ सय ९९ मत ल्याएर दोस्रो स्थानमा छन् भने एमालेका रवीन्द्र लाछिमस्यु २ हजार ६ सय ६७ मत ल्याएर तेस्रो स्थानमा छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार सत्यराम त्वायनाले २ हजार २ सय ५४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि नेमकिपाकै अग्रता छ । नेमकिपाकी उपमेयर उम्मेदवार रजनी जोशी २८ हजार १ सय १० मत ल्याएर अग्र स्थानमा छिन् । एमालेकी रञ्जना खर्बुजा २ हजार ७ सय २४ मत ल्याएर दोस्रो स्थानमा छिन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्य १ हजार ७ सय ४२ मत ल्याएर तेस्रो स्थानमा छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com