२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

काठमाडौं महानगर : केशव स्थापितभन्दा बालेन ३६५८ मतले अगाडि

काठमाडौं महानगर : केशव स्थापितभन्दा बालेन ३६५८ मतले अगाडि

 

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायम रहेको छ ।

पछिल्लो मत परिणामअनुसार बालेनले ७७७१ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४११३ मत पाएका छन् । यस्तै, गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले ३५७३ मत ल्याएकी छन् ।

उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको अग्रता कायमै रहेको छ । उनले ६३४६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १६९०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बिनिता मगैया १३४५ मत ल्याएकी छन् ।

विजय सुवेदीले ४९५३ र पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले ४९३० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २२९० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायम रहेको छ । उनले ५९१३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ३९६५ मत पाएकी छन् ।

महानगरको वडा अध्यक्षतर्फ एमालेका भानुभक्त सापकोटाले ९२७ र कांग्रेसका अर्पण पोखरेलले १४३४ मत पाएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com