२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

हरिवनमा एमाले उम्मेदवारले एक मतले जितेपछि कांग्रेसले गर्‍यो चक्काजाम

हरिवनमा एमाले उम्मेदवारले एक मतले जितेपछि कांग्रेसले गर्‍यो चक्काजाम

जनसेवा न्युज डटकम संवाददाता

सर्लाहीको हरिवन नगरपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताले चक्काजाम गरेका छन्।

वडा नम्बर ७ को पुन: मतगणनाको माग गर्दै कांग्रेस नेता कार्यकर्ताले राजमार्गमा चक्काजाम गरेका हुन्।

यहाँ १ मतले नेकपा एमालेका उम्मेदवार निरध्वज कार्की विजयी भएपछि कांग्रेसले पुनः मतगणना गर्न माग गरेको हो।

वडा नम्बर ७ को अन्तिम मतपरिणाम अनुसार कांग्रेसका अशोक थापाले ३७८ ल्याउँदा एमालेका कार्कीले ३७९ मत प्राप्त गरी विजयी भएका छन्।

गणनामा त्रुटी भएको भन्दै कांग्रेसले पुनः मतगणना गर्नुपर्ने माग गरेका थिए।

तर निर्वाचन अधिकृत रुद्रप्रसाद आचार्यले पुनः मतगणना गर्नुनपर्ने सूचना प्रकाशित गरेपछि कांग्रेसी कार्यकर्ताले मतगणनास्थल ईलाका प्रशासन कार्यालयमा ढुंगमुढा गरेका छन्।

ढंगामुढाबाट ईलाका प्रशासन कार्यालयका झ्यालका सिसा फुटेको छ।

सुरक्षाकर्मीले ढुंगामुढा गर्ने कांग्रेसीलाई धपाउन २ सेल अश्रुग्याँस प्रहार गरेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

लगत्तै कांग्रेसी कार्यकर्ताहरूले राजमार्गमा नाराबाजीसहित टायर बालेर चक्काजाम गरेका छन्। अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com