२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Janasewa News

बुद्धको जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ : नरेन्द्र मोदी

बुद्धको जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ : नरेन्द्र मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल प्राचिन सभ्यताको प्रतिक रहेको भन्दै यहाँ आउँदा आफू अत्यन्तै खुसी हुने बताए ।

नेपालीमा बोल्दै मोदीले भने, ‘मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ ।’ बुद्ध मानवताको सामूहिक बोधको अवतरण भएको बताए । बुद्ध बोध र शोध दुवै भएको बताए । बुद्ध विचार र सभ्यता भएको बताए ।

‘उहाँले हामीलाई यो अनुभूति गराए, प्राप्तिभन्दा पनि बढी महत्व त्यागको हुन्छ । त्याग गरेरै राजपरिवार छोडेर वनबास गए,’ प्रधानमन्त्री मोदीले भने ।

बुद्ध वैशाख पूर्णिमाको दिन लुम्बिनीमा जन्मिएको भन्दै उनले भने, ‘वैशाख पूर्णिका दिन लुम्बिनीमा बुद्धको जन्म भएको थियो । यही दिन बोधगयामा ज्ञान प्राप्त गर्नुभयो । यही दिन कुसीनगरमा महापरिनिर्वाण भयो । यही वैशाख पूर्णिमाका दिन भगवान बुद्धको जीवन रह्यो ।’

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com