२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

बूढानीलकण्ठ नगरपालिका–८ मा एमालेको प्यानलनै विजयी

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ मा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा एमालेका सुमन तामाङ्ग निर्वाचित भएका हुन् ।

उनले १,५२२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसका राजाराम थापाले १,०६८ मत प्राप्त गरेका छन् । त्यस्तै सदस्यहरुमा पनि एमालेकै मैना पराजुली, गोमा मंग्राती, विनोद थापा र सविन अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै उक्त नगरपालिकाको प्रमुख पदमा पनि नेकपा एमालेकै उम्मेदवार मिठाराम अधिकारीले ६ हजार ९१ मतका साथ अग्रस्थानमा रहेका छन् । अधिकारीलाई नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसेले ५ हजार ६१९ मतका साथ पछ्याइरहेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com