२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

मूल्य बृद्धी खारेज नगरे अखिल (क्रान्तीकारी) संघर्षको मैदान बाट भाग्दैन : उापाध्यक्ष शिलु न्यौपाने

 

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले सरकारले बढाएको पेट्रोलियम पदार्थ मूल्यवृद्धि विरुद्ध आज बृहतरुपमा बिरोध प्रदर्शन गर्दै अखिल क्रान्तिकारीले नेपाल सरकार र नेपाल आयल निगमको गम्भिर ध्यानाकषर््ाण गराएको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य अभिवृद्धि खारेज गर, शिक्षा,स्वास्थ्यको सम्पूर्ण रुपमा राष्ट्रियकरण गरि निःशुल्क गर, भ्रष्टाचारीलाई कारवाही गर, गाँस,बास, शिक्षा, स्वास्थ्यको जिम्मा राज्यले लिनु पर्ने माग माग गर्दै नारा लगाएका थिए । भने बिरोध सभाको कार्यक्रमको संचालन अखिल क्रान्तिकारी की नेतृ केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले गर्नु भएको थियो ।

उहाँले पेट्रोलियम पदार्थ बढेको मुल्य बृद्धीले जनता भखरै कोभिडको मारमा परेको कारण तत्काल खारेज गर्न नेपाल आयल निगमलाइ अनुरोध समेत गर्नुभयो साथै तत्काल मूल्य बृद्धी खारेज नगरे अखिल (क्रान्तीकारी) संधर्षको मैदान बाट नभाग्ने उपाध्यक्ष शिलुले चेतावनी दिनुभयो ।

कोण सभालाइ सम्बोधन गर्ने क्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले यो व्यबस्थाले लुट, भ्रष्टचार सिवाए केहि नदिने भन्दै सबै जनताहरुलाइ मुल्य वृद्धि विरुद्ध उत्रिन समेत अनुरोध गर्नु भयो। उक्त कार्यक्रम विरोध र्यालीसहित त्रिपुरेश्वर देखि नेपाल आयल निगमको केन्द्रिय कार्यलय टेकुमा कालो व्यानर राखेर विरोध एवं कोण सभा सम्पन्न गरे।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com