२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

भरतपुर महानगरपालिका–५ को वडाध्यक्षमा कांग्रेसका श्रेष्ठ विजयी

चितवन । भरतपुर महानगरपालिकाको वडा नं ५ को वडाध्यक्षमा सत्ता गठबन्धनका कांग्रेस उमेदवार युद्ध श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले एमालेका प्रतिस्पर्धी उमेदवार पदमपाणी सुवेदीलाई १२१ मतअन्तरले पराजित गरेका हुन् ।

श्रेष्ठले २ हजार ७२ मत ल्याउँदा एमालेका सुवेदीले १ हजार ९५१ मत प्राप्त गरेका छन् । सुवेदी निर्वतमान वडाध्यक्ष हुन् ।

उनले २०७४ सालको निर्वाचनमा कांग्रेसका भक्तिप्रसाद तिमिल्सिनालाई ९१ मतले पराजित गरेका थिए । वडा नं ५ मा ४ हजार ५९४ मत गणना भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com