२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

डोटीमा मतगणना सकियो : ७ पालिकामा कांग्रेस तथा १/१ पालिकामा एमाले र माओवादी विजयी

डोटीमा मतगणना सकियो : ७ पालिकामा कांग्रेस तथा १/१ पालिकामा एमाले र माओवादी विजयी

डोटी । डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । यसपालिको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस पहिलो बनेको छ । जिल्लाका नौवटा स्थानीय तहमध्ये नेपाली कांग्रेस सात स्थानीय तहमा विजयी भएको छ भने दुई पालिकामा झिनो मतले पराजित भएको छ ।

पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सीमित रहेको थियो ।

यसपटक पराजित भएको जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दीपककुमार विष्टले ३७ मतले मात्रै हार बेहोरहेका छन् भने बोगटान फुड्सिल गाउँपालिकामा नेपाली कांग्रेसका दिलबहादुर बम १२४ मतले पराजित भएका छन् ।

उक्त पालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली कांग्रेसले ३९ वडामा जीत हासिल गरेको छ भने नेकपा (एमाले) १९ वडामा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) चार वडामा विजयी भएको छ भनेसँगै मिलेर चुनाव लडेको नेकपा (एकीकृत समाजवादी) ले एउटा वडामा मात्रै चित्त बुझाउनु परेको छ ।

एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । केआईसिंह गाउँपालिका(७ मा राप्रपाले जीत हात पारेको हो । यसैगरी दिपायल सिलगढी नगरपालिका(२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वि.सं. २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका राजेन्द्र खड्का यसपटक पार्टीबाट टिकट नपाउँदा स्वतन्त्रबाट उठेका थिए ।

नेपाली कांग्रेसले जितेका पालिका तथा प्रमुख÷उपप्रमुख दिपायल सिलगढी नगरपालिका–प्रमुखः बाजिसिं खड्का ‘विजय’, उपप्रमुखः कल्पना साउद, शिखर नगरपालिका–प्रमुखः दीर्घबहादुर बलायर, उपप्रमुखः सुनिता रावल, पूर्वीचौकी गाउँपालिका–अध्यक्षः रामप्रसाद उपाध्याय, उपाध्यक्षः पशुपतिदेवी खड्का, बडिकेदार गाउँपालिका–अध्यक्षः भैरवबहादुर साउद, उपाध्यक्षः डम्मरीकुमारी बिष्ट, आदर्श गाउँपालिका(अध्यक्षः गणेशबहादुर खड्का, उपाध्यक्षः लक्ष्मी रोकाय, सायल गाउँपालिका–अध्यक्षः धर्मराज जोशी, उपाध्यक्षः निर्मला बोहरा ओली, केआईसिंह गाउँपालिका(अध्यक्षः लोकेन्द्रबहादुर शाही, उपाध्यक्षः मीनादेवी विष्ट रहेका छन् ।

यसैगरी नेकपा एमालेले जितेको पालिका तथा प्रमुख–उपप्रमुख जोरायल गाउँपालिका–अध्यक्षः दुर्गादत्त ओझा, उपाध्यक्षः जमुना बोहरा रहेका छन् भने नेकपा माओवादी केन्द्रले बोगटान फुड्सिल गाउँपालिका–अध्यक्षः कमल गड्सिला तथा उपाध्यक्षमा विष्ना देउवा बम (नेपाली कांग्रेस) बाट विजयी भएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com