२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

रौतहट चन्द्रपुर नगरपालिकामा कांग्रेसले जित्यो नगर प्रमुख र उपप्रमुख

रौतहट चन्द्रपुर नगरपालिकामा कांग्रेसले जित्यो नगर प्रमुख र उपप्रमुख

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांगे्रसका उम्मेदवार विजयी भएका छन् । मेयरमा संजय काफ्ले र उपमेयरमा जयमाला चौधरी निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिव प्रसाद आचार्यलाई २ हजार ६३९ मतान्तरले पराजित गर्दै काफ्ले नगर प्रमुखमा निर्वाचित भए । उनले ९ हजार १६३ मत प्राप्त गर्दा गरे भने आचार्य ६ हजार ५२४ मत पाए ।

यसैगरी उपप्रमुखमा चौधरीले नेकपा माओवादी केन्द्रकी देवकी नेपाललाई पराजित गरिन् । उनले ११ हजार ३७८ मत पाउँदा नेपालले ७ हजार ६४० मत पाइन् ।

चन्द्रपुर नगरपालिका नेपाली कांग्रेसले ५ वडामा, नेकपा माओवादी केन्द्रले ३ वटा वडा र नेकपा एमालेले २ वटा वडामा विजय प्राप्त गरेको निवार्चन अधिकृत बद्री कुमार कार्कीले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com