२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

पाँच दलीय गठबन्धनमा इमान्दारिता देखिएन : सांसद मेटमणि चौधरी

पाँच दलीय गठबन्धनमा इमान्दारिता देखिएन : सांसद मेटमणि चौधरी

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका हुन् ।

उनले नेपाली कांग्रेसले जवाफदेहिता र इमान्दारिता देखाउन नसकेकको बताए । माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उनले आरोप लगाए । निर्वाचन मत परिणाम बाट आफुहरु सन्तुष्ट हुन नसकेको उनले बताए ।

उनले भने, ‘चुनावी मत परिणाममा हामी सन्तुष्ट छैनौँ । जुन तरिकाले पाँच दलीय गठबन्धनमा इमान्दारिता हुनुपथ्र्यो, त्यस्तो देखिएन । नेपाली कांग्रेसले जुन तरिकाको जवाफदेहिता, इमान्दारिता देखाउनुपथ्र्यो त्यो देखाउन सकेन ।’

उनले थपे, ‘माओवादी पार्टीले आफू एउटा बिजनेश म्यानको जस्तै चार पैसा फाइदा कता हुन्छ, उतैतिर ढल्किने यहाँसम्मकि कुनै ठाउँमा एमालेसँग समेत समन्वय ग¥यो । कांग्रेसले पनि त्यो खालको व्यवहार ग¥यो । त्यसैले हामीले जुन खालको रिजेल्ट अपेक्षा गरेका थियौँ त्यो खालको रिजेल्ट आउन सकेन ।’

उनले कांग्रेस र माओवादी सच्चिएमा मात्र गठबन्धनलाई अगाडी बढाउन सकिने बताए । नैतिकताको राजनीति नगर्ने र भनेको कुरा नगर्ने पार्टीहरु सँग अगाडी जान नसकिने उनले बताए ।

उनले भने, ‘कांग्रेस र माओवादीले आफूलाई करेक्शन गर्ने ठाउँमा पुगे भने ठीकै छ फेरि पनि अगाडि जान सकिन्छ । नभए यस्तो फटाहागिरी, इथिक्सको राजनीति नगर्ने, जे भनिन्छ त्यो नगर्ने भएपछि त्यस्ता राजनीतिक दलसँग कसरी अगाडि जान सकिन्छ ?’

उनले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०का वीचमा मात्रै गठबन्धन भएको जिकिर गरे । पाँच दलीय गठबन्धनलाई सफल भएको मान्न नसकिने उनले बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com