२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

भरतपुर महानगर पालिकाको ताजा अपडेट रेनुले कटाइन् २० हजार मत अरुले कति ल्याए ? (शूचिसहित)

भरतपुर महानगर पालिकाको ताजा अपडेट रेनुले कटाइन् २० हजार मत अरुले कति ल्याए ? (शूचिसहित)

जनसेवा न्युज डटकम संवाददाता

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले २० हजार मत कटाएकी छन्।

पछिल्लो मतपरिणाम अनुसार कुल ५४०४२ मत गणना भएकोमा रेनुले २०९४२ मत ल्याएकी हुन्।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १७१८२ मत ल्याएका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७८८२ मत प्राप्त गरेका छन्।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२९५२ मत पाएका छन्। उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले १३६४६ मत पाएकी छन्।

अहिले गणना भएको वडा नम्बर ११ मा एमालेका सुवेदीले २४९७ मत ल्याएका छन्।

सुवेदीभन्दा कम मत पाएकी रेनुले यो वडामा १९३१ मत पाएकी छन्।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com