२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

मनोहराको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

मनोहराको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

काठमाडौंको । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की र उपप्रमुखमा एमालेकी शान्ता थापा विजयी भएका हुन् ।

कार्की ११ हजार ३२२ मतसहित नगरप्रमुख चुनिंदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत पाए ।

नेकपा एकीकृत समाजवादीका कृष्णहरी थापाको पक्षमा ३ हजार ५५६ र राप्रपाका राजु फुयालले पक्षमा १ हजार ४१८ मत पाए ।

यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेकी शान्ता थापा ९ हजार ८७५ मतसहित विजयी भइन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोला चापागाईंलाई ४ हजार ४५३ मत अन्तरे हराइन् । चापागाईंले ५ हजार ४२२ मत मात्र प्राप्त गरे ।

नेकपा एकीकृत समाजवादीकी सरस्वती नेपालले २ हजार ६९३ र राप्रपाकी सरीता बजगाई चापागाईले २ हजार २५८ मत पाइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com