२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

ब्युटी पेजेन्टको नाममा बलात्कार : पीडितको पक्षमा पूजा शर्मा

ब्युटी पेजेन्टको नाममा बलात्कार : पीडितको पक्षमा पूजा शर्मा

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । अभिनेत्री पूजा शर्माले पनि ब्युटी पेजेन्टको नाममा यौन दुर्व्यवहारमा परेकी बलात्कार पीडितको समर्थनमा उत्रिएकी छन् । शर्माले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै ती युवतीलाई अगाडि बढेर पीडकको वास्तविकता बाहिर ल्याउन अनुरोध गरेकी छन् ।

‘यो एकजना पीडितमाथि हुने शारीरिक हिंसा मात्र होइन, यो मानवता माथिको आक्रमण पनि हो,’ शर्माले अगाडि भनिन् ‘म देख्न सक्छु । डरको बाबजुद पनि तिमी बलियो भएकी छौ ।’ शर्माले ती युवतीलाई आफ्नो साथ र समर्थन समेत रहेको बताएकी छन् ।

अभिनेता पल शाहमाथि नाबालिगलाई यौनशोषण गरेको आरोप लाग्दा पीडकको पक्षमा अभिव्यक्ति दिएर विवादमा तानिएकी शर्मा यसपटक भने पीडितको पक्षमा उभिँदा धेरैले आश्चर्य मानेका छन् । उनको पोष्ट कमेन्ट गर्दै धेरैले उनलाई ‘डबल स्टान्डर्ड’ देखाएको आरोपसमेत लगाएका छन् । सन्देश पोखरेल नामक सामाजिक प्रयोगकर्ताले प्रश्न गरेका छन्, ‘पलको लागि न्याय भन्दै गर्दा तिम्रो मानवीयता कता घुम्न गएको थियो ।’ अस्मिता एस्मिन नामक एक सामाजिक प्रयोगकर्ताले उनको पोष्टमा लेखेकी छन् ‘तिमी त पलको लागि न्याय माग्ने मानिस होइनौँ रु खुसी लाग्यो यहाँ पीडितको लागि न्याय मागेकी छौँ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com