२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

८१ हजार बढी मत गन्दा रेनुले कति पाइन् ?

८१ हजार बढी मत गन्दा रेनुले कति पाइन् ?

चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार ६ सय ६६ मतले अग्रता लिएकी छन् । हालसम्म ८१ हजार १ सय ९ मतगणना हुँदा उनले ३१ हजार ६ सय ७६ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २५ हजार १० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ९६ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३४ हजार ८६ र राप्रपाकी हिमला गुरुङले १९ हजार ४ सय ९५ मत प्राप्त गरेकी छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार महानगरको १४ वडासम्मको मतगणना सम्पन्न भइसकेको छ भने अहिले वडा १५ र १६ को मतगणना जारी छ ।

महानगरमा २९ वडा छन् । कुल १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । जम्मा मतदाताको ६८ दशमलव ६८ प्रतिशत मत खसेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com