२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

शिक्षामन्त्री पौडेल बेलायत भ्रमणमा

शिक्षामन्त्री पौडेल बेलायत भ्रमणमा

जनसेवा न्युज डटकम संवाददाता

बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लण्डन आइपुगेका छन् । १०७ देशका ११२ जना मन्त्रीहरुको सहभागिता रहने सो विश्व सम्मेलनमा सहभागी हुन् शिक्षा मन्त्री पौडेल सहितको टोली शनिबार साँझ लण्डन आइपुगेको हो ।

वर्ल्ड एजुकेशन फोरमको आयोजनामा लण्डनमा ४ दिन सम्म चल्ले सो सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । मन्त्री पौडेल सहितको टोली लण्डनस्थित विमानस्थल उत्रिँदा बेलायतस्थित नेपाली दूतावासकी प्रवक्ता रोशन खनालले स्वागत गरेकी थिइन् ।

सो सम्मेलनमा शिक्षा मन्त्रालयका सचिव यादव प्रसाद कोइराला, उपसचिव घनश्याम अर्याल समेत सहभागी हुने मन्त्रीका स्वकीय सचिव राजन पौडेलले जानकारी दिए । एक साता बेलायतमा रहने मन्त्री पौडेलले बेलायतस्थित नेपाली संघसंस्था तथा नेपाली समुदायसँग समेत भेटघाट गर्ने बताएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com