२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

भरतपुरमा रेनु दाहाल ८ हजार भन्दा बढी मतले अगाडी पछि परे विजय

 

जनसेवा न्युज डटकम संवाददाता

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन्।

९५ हजार तीन सय ११ मत गणना गर्दा दाहालले ३७ हजार चार सय ६८ मत ल्याएकी छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २९ हजार तीन सय १४ मत ल्याएका छन्।

दाहाल र सुवेदीबीच ८ हजार एक सय ५४ मतको अन्तर छ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार तीन सय ५९ मत ल्याएका छन्।

उपमेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी ३९ हजार छ सय ३९ मतसहित अघि छन् भने एमाले(राप्रपा गठबन्धनकी उम्मेदवार हिमला गुरुङ २३ हजार दुई सय १२ मतले पछ्याइरहेकी छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com