२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

मत परिणामले कम्युनिस्टको खोल ओडेका प्रतिगामीलाई सबक मिल्यो : नेता बिडारी

मत परिणामले कम्युनिस्टको खोल ओडेका प्रतिगामीलाई सबक मिल्यो : नेता बिडारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद रामनारायण बिडारीले गठबन्धनबाट पार्टीलाई फाइदा(बेफाइदा भन्दा पनि कम्युनिस्टको खोल ओडेर प्रतिगामी काम गर्नेहरूलाई सबक सिकाएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले भने,“मत परिणामले गठबन्धनलाई फाइदा-बेफाइदाभन्दा पनि कम्युनिस्टको खोल ओडेर प्रतिगामी काम गर्नेहरूलाई सबक सिकाउन सफल भएको छ, सम्रगमा गठबन्धन सफल भयो भन्छु ।

पाँच दल मिल्दा पनि धेरै ठाउँमा त गठबन्धनलाई एमालेले झापड हान्यो नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता बिडारीले भने, तपाईले भनेको कुरामा यसो हो, भोट भन्ने कुरा मत भन्ने कुरा नआउने, शून्य हुने भन्ने हुँदैन, ठाउँ–ठाउँमा हिजोका पञ्च चुनाव लडेर जितेका छन त्यसको मतलब के अब पञ्चायत फुर्काउनुपर्छ भनेको हो र ? ।

उनले पाँच दल एकातिर एमाले एकातिर नभएर प्रतिगामी सात दल एकातिर पाँच दलीय गठबन्धन अर्कोतिर भएको दाबी गरेका छन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com