२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

कोरोना, मङ्कीपक्स र युक्रेन युद्ध संसारका लागि कठिन चुनौती : डब्ल्यूएचओले

कोरोना, मङ्कीपक्स र युक्रेन युद्ध संसारका लागि कठिन चुनौती : डब्ल्यूएचओले

एजेन्सी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले विश्व यतिबेला कठिन चुनौतीसँग जुधिरहेको बताएका छन् । हाल विश्वले कोरोना, मङ्कीपक्स र युक्रेनमा जारी युद्धको सामना गरिरहेकोले यो कठिन समय भएको उनले बताएका छन् ।

जेनेभामा संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीका विज्ञहरूसँगको छलफलका क्रममा डा। टेड्रोस एडनम गेब्रेयससले यस्तो बताएका हुन् । यी सबै विज्ञहरू अफ्रिकाबाहिर विश्वका १५ देशमा फैलिएको मङ्कीपक्सबारे छलफल गर्न भेला भएका थिए ।

हालसम्म युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया र इजरायलमा ८० भन्दा बढी मङ्कीपक्सको पुष्टि भइसकेको छ ।

आइतबार वार्ताको शुरुवातमा डब्ल्यूएचओ प्रमुखले भने, ‘अवश्य पनि विश्वमा कोरोना महामारी मात्रै संकट होइन ।’
यो पनि :
युरोप–अमेरिकामा विफरजस्तै मङ्कीपक्स संक्रमण फैलिन थालेपछि स्वास्थ्यकर्मी सतर्क
मङ्कीपक्स भाइरससँग के तपाईं चिन्तित हुनुपर्छ ?
‘हामीले रोग, खडेरी, भोक र युद्ध जस्ता गम्भीर संकटको सामना गरिरहेका छौं, जुन जलवायु परिवर्तन, असमानता र भूराजनीतिक प्रतिद्वन्द्वताले बढाएको छ,’ उनले भने ।

बेलायतमा मङ्कीपक्सको पहिलो केस देखिएपछि युरोपका अन्य धेरै देशहरूमा पनि यो भाइरस भेटिएको छ । स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड्स, इटाली र स्वीडेनमा पनि मङ्कीपक्स पुष्टि भएको छ । आइतबार, अस्ट्रिया र स्विट्जरल्याण्डमा पनि मङ्कीपक्सका केसहरू भेटिएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com