२०८३ जेष्ठ १७ - Sun May, 2026 -

Janasewa News

इन्धनको मूल्य वृद्धि तत्काल फिर्ता गर्न अखिल क्रान्तिकारीले गरे माग

इन्धनको मूल्य वृद्धि तत्काल फिर्ता गर्न अखिल क्रान्तिकारीले गरे माग

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरु सडकमा उत्रिएका छन् । सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि मूल्य फिर्ताको माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । यसैक्रममा

नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले काठमाडौंको आयल निगम केन्द्रीय कार्यालय टेकुमा धर्ना दिएको छ । विरोध सभामा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारिका उपाध्यक्ष सिलु न्यौपानेलगायतले मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् ।

नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य बढाएको छ। निगमकाअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले वृद्धि गरेको हो।

निर्वाचनअघि पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो। तोकिएको दूरीभन्दा बाहिर खुल्ला बजार नीति नुरुप व्यवसायीहरुले नै प्रतिस्पर्धात्मक तवरबाट मूल्य कायम गर्ने प्रावधान छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com