भैरहवा र पोखराबाट पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा दिइने
भैरहवा र पोखराबाट पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा दिइने
काठमाडौं । सरकारले भैहरवा र पोखराबाट समेत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा दिने भएको छ ।
मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।
यी दुई शहरमध्ये भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । पोखरामा निर्माणको अन्तिम चरणमा रहेको छ ।
सरकारले आगामी आवमा रोजगारीका अवसरहरु समेटेर ई(डाइरेक्टरी सञ्चालनमा ल्याउने समेत घोषणा गरेको छ ।