२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

प्रधानमन्त्री देउवाले भने- ‘बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाइन्छ’

प्रधानमन्त्री देउवाले भने- ‘बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाइन्छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाइने बताएका छन् ।

बुधबार सरकारी निवास बालुवाटारमा आफ्नै पार्टी नेपाली कांग्रेसका महिला नेतृहरुबाट ज्ञापन पत्र बुझ्दै उनले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तत्पर रहेको बताएका हुन् ।

उनले ज्ञापन पत्र बुझ्दै भने, ‘यसबारे सरकार संवेदनशील छ । हदम्याद बढाउनुपर्छ । त्यसको प्रक्रिया अघि बढिसकेको छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को नेतृत्वको टोली पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको थियो । टोलीले महिलासम्बन्धी मुद्दाको हदम्यादसँगै अन्य विषयबारे पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरेको थियो ।

टोलीले प्रधानमन्त्री देउवालाई लैंगिक हिंसासम्बन्धी कानुनको पुनरावलोकन, आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयन र आगामी वर्षको बजेटमा महिलाको स्वास्थ्य पूर्ण रुपमा समेटिनुपर्ने पनि ध्यानाकर्षण गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com