२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने

राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी्र) का सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रम राम्रो भए पनि पट्रोलियम पद्धार्थको विकल्पका रुपमा विद्युत्को प्रयोग बढाउन सरकारको ध्यान नीति तथा कार्यक्रम हुनुपर्ने सुझाव दिइन् । उनले नेपालमा पहिलादेखि सञ्चालनमा आएका उद्योग कलकारखाना पुनः सञ्चालन गर्नुपर्ने र कृषिजन्य उत्पादनमा वृद्धि गर्नुपर्ने सुझाव दिइन् ।

नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले सरकारको नीति तथा कार्यक्रममा रैथाने, परम्परागत पेसालाई आधुनिकीकरण गर्दै व्यवस्थित गर्न विदेशबाट ल्याउने कच्चापदार्थमा कर छुट दिनुपर्ने सुझाव दिए । उनले नेपालका परम्परागत सीप, पेसा, कला र संस्कृतिको संरक्षणका लागि सरकारको कार्यक्रम हुनुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले राज्यको पूर्ण संरचनाले पनि खर्च बढाएको हुनाले प्रदेशको संरचना हटाएर विकास बजेटमा खर्च गर्न सुझाव दिए । माओवादीका मायाप्रसाद शर्माले नीति तथा कार्यक्रममा पर्यटन र कृषिमा सरकारले अलि बढी ध्यान दिने कुरा राम्रो भएको र शान्तिप्रक्रियाको काम छिटो पूरा गर्नुपर्ने सुझाव दिए ।

एकीकृत समाजवादीका गोमादेवी तिमिल्सिनाले हेटौँडा उद्योग, बाँसबारी छालाजुत्ता, जनकपुर चुरोट कारखाना आदि पुनः सञ्चालन गर्न सरकारको नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने सुझाव दिए ।

यस्तै सांसद खिमलाल देवकोटाले राष्ट्रिय गौरवका आयोजनालाई सरकारले ध्यान दिनुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सानो हुनुका साथै एउटा मात्र धावनमार्ग भएकाले ठूलो अन्तर्राष्ट्रिय विमानस्थल नेपालमा बनाउनुपर्ने सुझाव दिए ।

नेकपा ९एमाले०का सांसद तुलसाकुमरी दाहालले जनताको भावनाविपरीत सरकारको नीति र कार्यक्रम आएको आफूलाई महसुस भएको र वर्षाको समयमा मानव जीवन अस्तव्यत हुने विषयलाई सरकारले ध्यान नदिएको बताए ।

एकीकृत समाजवादीका नन्दा चपाईंले सुकुम्बासी समस्याको समाधान गर्नुपर्ने र प्रत्येक वर्ष कृषकलाई मलको अभाव हुने हुँदा नेपालमै मल कारखाना खोज्नुपर्ने सुझाव दिए ।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले वर्तमान सरकार संविधानको रक्षा, चैतभरिमा कोभिडविरुद्धको खोप लगाउने र निर्वाचन सम्पन्न गर्न आएको उल्लेख गर्दे त्यो काम पूरा गर्ने चरणमा भएको बताए । उनले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, विभेदरहित समाज, सामाजिक न्याय र हिंसारहित समाज निर्माण गर्ने खालको भएको धारणा राखे ।

माओवादीका सांसद राधेश्याम पासवानले स्वास्थ्य, शिक्षा, कृषिमा बढी जोड दिएको राम्रो नीति भएको र नागरिकताबाट वञ्चितलाई नागरिकता प्रदान गर्ने खालको राज्यको कार्यक्रम भएको बताए । माओवादीकै गोपीबहादुर सार्की (अछामी) ले सरकारको नीति तथा कार्यक्रम आत्मनिर्धारमुखी भएको तथा पूर्वाधार विकास, रोजगारी र स्वास्थ्य शिक्षालाई ध्यान दिएको बताए ।

एमालेका अर्का सांसद इन्दु कडरियाले सरकारको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म खाजाको व्यवस्था गर्ने भनिएको तर गुणस्तरीय शिक्षालाई ध्यान दिएको नदेखिएको धारणा राखे ।

कांग्रेसका सांसद अनिता देवकोटाले नीति तथा कार्यक्रम राम्रो भएको र श्रमको सम्मान गर्ने खालको बजेट भएको तथा शिक्षा र स्वास्थ्यका विषय सर्वसुलभ उपलब्ध गराउने खालको हुनुपर्ने सुझाव दिए ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ १३ गते शुक्रबार ११ बजे बस्नेछ । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com