रञ्जन कोइरालाको सजाय घटाउने फैसला उल्टियो, २० वर्ष नै जेल बस्नुपर्ने

रञ्जन कोइरालाको सजाय घटाउने फैसला उल्टियो, २० वर्ष नै जेल बस्नुपर्ने
यसअघि ८ वर्ष जेल बसिसकेका कोइराला अब थप १२ वर्ष जेल बस्नुपर्ने
काठमाडौँ । श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले गरेको फैसला सर्वोच्चले उल्टाएको छ । सर्वोच्चको पूर्ण इजलासले प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैदलाई घटाएर ८ वर्ष कायम गरिदिएको थियो ।
जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय पाए पनि सर्वोच्चबाट साढे ११ वर्ष सजाय कटौती भएपछि २०७७ साउन ८ मा डिल्लीबजार कारागारबाट बाहिरिँदै पूर्वडीआइजी रञ्जन काइेराला । फाइल तस्बिर
बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु टंक मोक्तान र कुमार चुडालको इजलासले सो निर्णयलाई उल्टाएर २० वर्ष नै कायम गरिदिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
डीआईजी कोइरालाले करिब ९ वर्ष पहिले पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए। पत्नी हत्याको अपराध सावित भएपनि प्रधानन्यायाधीशसमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए।