२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

नकारात्मक टिप्पणी गर्नेलाई करिश्मा दिइन् चेतावनी

 

जनसेवा न्युज डटकम संवाददाता

अभिनेत्री तथा नेकपा एमाले नेत्री करिश्मा मानन्धरले आफूलाई गाली गर्नेहरुको विरुद्ध कानुनी बाटो रोज्ने चेतावनी दिएकी छन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले राम्रो परिणाम ल्याउन नसकेको विषयमा उनलाई जोडेर विभिन्न नकारात्मक टिप्पणी आउन थालेपछि उनले सामाजिक संजालमार्फत आलोचकलाई चेतावनी दिएकी हुन् ।

जीवनमा कसैको नराम्रो नचिताएको, कसैको नराम्रो नगरेको र आफूसँग भएको र सकेको बाँडेको बताएकी उनले बिना कारण मानसिक पीडा दिने शब्द प्रयोग गर्ने अधिकार कसैलाई नभएको बताइन् ।
‘यत्रोवर्ष चलचित्रमा क्षेत्रमा काम गरेर देश र जनतालाई अभिनय पस्किएँ । कुनै चलचित्र चले कुनै चलेनन् । तर तल्लोस्तरको टिप्पणी कहिल्यै भोग्नु परेन’ उनले भनिन् ‘ राजनीतिमा कुनै गलत अभिप्रायले पाइला राखेको होइन । जीवनभर पुग्ने सबै छ मसँग ।’ आफू राजनीतिमा सबैको आवाज बन्न केही गर्न आएको बताउँदै उनले ‘के आधारमा यो गाली गर्दै हुनुहुन्छ तपाईंहरु मलाई ? भन्दै प्रश्न समेत गरेकी छन् ।
‘हो एक दुई पटकसम्म सहनु ठिक छ । तर बारम्बार गर्दा अति हुन्छ’ उनले अगाडि थपेकी छन्, ‘बिहान उठेर फोन हेर्नासाथ यहाँहरुको जे पायो त्यही भनाइ हेर्नुपर्ने ? उनले राम्रो सोच्न, राम्रो बोल्न सबैलाई सुझाएकी छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com