२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

पेट्रोलियम पदार्थ : बूढीगण्डकी र भन्सार कर गरेर ५/५ रुपैयाँ घटाइने

पेट्रोलियम पदार्थ : बूढीगण्डकी र भन्सार कर गरेर ५/५ रुपैयाँ घटाइने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका हुन् ।

पेट्रोलियम पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयले जानकारी दिएको छ तर कुनमा कति घटाउने भन्ने निर्णय भइनसकेको छैन ।

पेट्रोलियम पदार्थमा लगाइएको उच्च करका कारण मूल्य बढ्दै गएको भन्दै त्यसको चौतर्फी विरोध भएको थियो।

अर्थतन्त्रको समग्र क्षेत्रमा परेको प्रभाव तथा निगमको कार्य सञ्चालन वित्तीय व्यवस्थापन तथा व्यापार विविधिकरण लगायतका क्षेत्रमा समग्र सुधार गर्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न नेपाल सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलको संयोजकत्वमा एक उच्च स्तरीय कार्यदल गठन गरेको छ।

बूढीगण्डकी जलविद्युत् परियोजना बनाउन उठाइएको पूर्वाधार करबाट प्रतिलिटरमा पाँच रुपियाँ र भन्सारमा लाग्ने भन्सार शुल्कबाट पाँच रुपियाँ घटाउने गरी गृहकार्य भइरहेको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com