२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

बागमती प्रदेशसभामा आज प्रि बजेटमाथि छलफल हुने

बागमती प्रदेशसभामा आज प्रि बजेटमाथि छलफल हुने

जनसेवा न्यु्ज डटकम संवाददाता

बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको तेस्रो बैठक शनिबार बिहान ११ बजेको लागि आह्वान गरिएको हो । शुक्रबार देखि सुरु भएको अधिवेशनमा २ वटा बैठकहरू सञ्चालन भएका थिए । शुक्रबारको पहिलो बैठकमा दलगत रुपमा नेताहरुले संसदमा सम्बोधन गरेका थिए भने सरकार सञ्चालनको क्रममा ल्याइएको ५ वटा अध्यादेशहरू पेश गरिएको थियो ।

त्यस्तै शुक्रबारको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको विनियोजन विद्येयक २०७९ को सैद्धान्तिक र प्राथमिकता (प्रि बजेट) प्रस्ताव प्रस्तुत गरेका थिए । आज बस्ने प्रदेशसभाको तेस्रो बैठकमा प्रि बजेटमाथि छलफल हुने कार्य सूची रहेको छ । बैठकमा प्रि बजेटमाथि सांसदहरुले आफ्नो धारणा राख्नेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com