२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

१९ सार्वजनिक संस्थान घाटामा, सरकारले पायो ६ अर्ब लाभांश

१९ सार्वजनिक संस्थान घाटामा, सरकारले पायो ६ अर्ब लाभांश

काठमाडौं । सरकारी लगानीका ४४ संस्थान मध्ये २२ वटा संस्थानले नाफा गरेका छन् । भने, १९ वटा घाटामा गएका छन् । सरकारले आज सार्वजनिक गरेको विभिन्न सार्वजनिक संस्थानहरूको वित्तिय प्रगतिका अनुसार ४४ संस्थान मध्ये २२ नाफा र १९ घाटामा रहेको देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सार्वजनिक संस्थानको नाफा घटेको हो । सार्वजनिक संस्थानको नाफामा ४५.४२ प्रतिशतले कमी आएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ३.३५ प्रतिशतले वृद्धि भई १ खर्ब १३ अर्ब ५६ करोड ५९ लाख पुगेको छ ।

नाफामा रहेका २२ वटा संस्थानहरुबाट आर्थिका वर्षमा २०७७/७८ मा सरकारले ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश प्राप्त गरेको छ । १४ अर्ब ८२ करोड ९ लाख आयकर प्राप्त भएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com