२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सम्पर्कविहीन विमानको खोजी तीब्र पार्न गृहमन्त्रीको निर्देशन

सम्पर्कविहीन विमानको खोजी तीब्र पार्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले तारा एयरको सम्पर्कविहीन विमान खोजी तीब्र पार्ने सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

पोखराबाट बिहान जोमसोमका लागि उडेको विमान सम्पर्कविहिन भएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी विमान खोजीका लागि सबै स्रोतसाधन परिचालन गर्न मन्त्री खाणले निर्देशन दिएको गृहमन्त्रालयले जनाएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा थियो । लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूलाई उद्धृत गर्दै आचार्यले बताए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरी आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीहरुलाई अलर्टमा रहन निर्देशन दिएको बताएका छन् ।

विमान खोज्न फिस्टेल एयरको हेलिकप्टर मुस्ताङबाट उडिसकेको छ । काठमाडौंबाट सेनाको हेलिकप्टर पठाउने तयारी पनि भइरहेको छ ।

सम्पर्क विहीन भएको जहाजमा ६ विदेशी र १३ नेपाली यात्रु छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com