२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

बजेटमा रुपान्तरकारी ढंगका योजना आउन सकेन : पूर्वप्रधानमन्त्री भट्टराई

बजेटमा रुपान्तरकारी ढंगका योजना आउन सकेन : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले आ।व। २०७९÷८० को बजेटमा रुपान्तरकारी ढंगका योजना आाउन नसकेको बताएका छन् । संसदमा आ.व. २०७९÷८० को बजेट पेश भइसकेपछि संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष भट्टराईले रुपान्तरणकारी ढंगका योजनाहरु आउन नसकेको बताएका हुन् ।

उनले ६८ वर्षमा बृद्ध भत्ता दिने घोषणाको विरोध गर्दै आफुपनि वृद्धभत्ता नलिने घोषणा गरे । उनले भने, ‘प्रशासनिक सुधारका सामान्य सुधार त छन्, तर हाम्रो व्यूरोक्रेसी, न्याय प्रशासन विकासमैत्री छैन । यसलाई परिवर्तन गर्ने ढंगका जुन रुपान्तरणकारी ढंगका योजना आउनुपथ्र्यो त्यो पनि आएका छैनन् । सामाजिक सुरक्षा जस्ता विषयहरुमा पनि निरन्तरताका कुरा छन् ।’

उनले थपे, ‘एउटा कुरा मैले भन्नैपर्छ, म पनि अब ६८ वर्ष पुग्दैछु । यो घटाउनु आवश्यक थिएन । मेरो विचारमा यस्तो छरिएका सामाजिक सुरक्षा भत्ताभन्दा एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनुपथ्र्यो । पुरानै ढंगले आयो त्यसैले स्वेच्छाले म यो ६८ वर्ष पास गरिसकेको मान्छे हुनाले त्यो वृद्ध भन्दा मैले पनि पाउने भए म यो गरीब देशको वृद्धभत्ता ग्रहण गरेर जनतामाथि बोझ थोपर्न चाहान्न । त्यो म नलिने घोषणा गर्दछु ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com