२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

एकै परिवारका सातजना सावार थिए दुर्घटनाग्रस्त विमानमा

एकै परिवारका सातजना सावार थिए दुर्घटनाग्रस्त विमानमा

काठमाडौं । मुस्ताङमा दुर्घटनाग्रस्त स्थितिमा फेला परेको तारा एयरको जहाजमा एकै परिवारका सातजना रहेको पुष्टि भएको छ । हिजो बिहानदेखि बेपत्ता भएर आज बिहान भेटिएको दुर्घटनाग्रस्त विमानमा धनुषाको धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जना सवार रहेको नगरपालिकाका मेयर महेन्द्र महतोले सामाजिक सञ्जालमार्फत् पुष्टि गरेका हुन् ।

महतोका अनुसार उक्त विमानमा मिथिला नगरपालिका– ११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ सवार थिए ।

उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com