२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ८१ औं पटक रक्तदान

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ८१ औं पटक रक्तदान

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले ८१ औं पटक रक्तदान गरेका छन् । सोमबार पुरानो बानेश्वरस्थित तारामण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका लिङ्देनले रक्तदान गरेका हुन् ।

यो उनको ८१ औं रक्तदान हो । समारोहमा बोल्दै अध्यक्ष लिङ्देनले जीवनका आनन्ददायक क्षणमध्ये एक रक्तदान गर्दाका क्षण हुने गरेको बताए । ‘रगतदान गरेर कसैको जीवन बचाउने कुराले मलाई आनन्दित मात्रै बनाउँदैन भावुक पनि बनाउँछ लिङ्देनले भने ’जहाँ रक्तदान कार्यक्रम हुँदैछ भन्ने थाहा पाउँछु समय मिलेसम्म र अघिल्लो रक्तदानको अवधि पुगेमा त्यहाँ पुगेर रक्तदान गर्ने गरेको छु ।’

आफू संगठनको अध्यक्ष रहँदा पनि रक्तदानका धेरै कार्यक्रम गरेर आफै दान गरेको लिङ्देनले स्मरण गरे ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com