२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

बजेट राम्रो आयो- राष्ट्रिय व्यवसायी महासंघ

बजेट राम्रो आयो- राष्ट्रिय व्यवसायी महासंघ

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ । महासंघले बजेट स्वागतयोग्य भएको बताएको हो ।

बजेट स्वागतयोग्य भए पनि कतिपय विषयहरु कार्यान्वयनका लागि भने जटिल देखिएको महासंघले बताएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले बजेटले औंल्याएका केही विषयहरु सकारात्मक रहेको र केही कुराहरु पर्याप्त नरहे पनि समग्रमा बजेट सकारात्मक रहेकाले स्वागत गरिएको बताए ।

‘सरकारले करको दरमा गरेको फेरबदल तथा कृषि क्षेत्रको विकास र विस्तारका लागि बजेटमा समावेश गरिएका विषयहरु एकदमै सकारात्मक छन्, सबैभन्दा खुसीको कुरा त देशलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बजेटमार्फत सरकारले पहलकदमीको सुरुवात गरेको छ’, अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कृषि क्षेत्रको उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउन गरिएको प्रयास सकारात्मक र स्वागतयोग्य कुरा हो ।’

सरकारले स्वास्थ्य क्षेत्रलाई पनि बजेटमा राम्रै स्थान दिएको छ । सरकारले केही वस्तु तथा सेवाको आयातमा कडाइ गर्ने नीतिसमेत लिएको छ । विलासिताका वस्तु आयातमा कडाइ गर्नु राम्रो हो तर अत्यावश्यक वस्तुहरुमा कडाइ भने गर्न नहुने महासंघले बताएको छ ।

‘बजेटमा भएका सकारात्मक पक्षहरुलाई चाँडोभन्दा चाँडो कार्यान्वयन गर्न र निजी क्षेत्रका मुद्दाहरुमा नेपाल राष्ट्रिय व्यवसायी महासंघसँग समेत सहकार्य गर्न सरकारसँग महासंघ जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com