२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

बागमती प्रदेश : नीति तथा कार्यक्रम माथिको छलफल आज

बागमती प्रदेश : नीति तथा कार्यक्रम माथिको छलफल आज

जनसेवा न्युज डटकम संवाददाता

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रम माथि आजबाट छलफल प्रारम्भ हुने भएको छ ।

नीति तथा कार्यक्रम माथिको छलफलका लागि आज दिउँसो २ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठकमा सांसदहरूले दलगत रूपमा सरकारको नीति तथा कार्यक्रम माथि धारणा व्यक्त गर्ने कार्य सूची रहेको छ ।

गत जेठ १६ गते बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो । सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

प्रदेश प्रमुख शर्माले गत सोमबार बसेको प्रदेशसभाको दशौँ अधिवेशनको पाँचौँ बैठकमा सरकारका तर्फबाट सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषि उत्पादनका योजनाहरूलाई प्राथमिकतामा राखेको उल्लेख छ ।

सरकारले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्रका लागि योजना ल्याउने गरी नीति तथा कार्यक्रम तयार पारेको बताइएको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको प्रस्तुत गरेको देखिन्छ ।

बागमती प्रदेश सरकारले प्रदेश सञ्चार प्राधिकरण स्थापना गर्ने, प्रदेश भित्रका माध्यमिक तहका विद्यालयहरूमा एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिन, उच्च शिक्षा पढ्नका लागि छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने, प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रङ्गशाला निर्माण गर्ने, पशु बीमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्वयमा एक वडा, एक पशु सेवा कार्यालयको स्थापना गर्ने, चितवनको रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने, हेटौँडा अस्पताललाई २०० बेड क्षमतामा विस्तार तथा धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने जस्ता कार्यक्रमहरू अघि सारेको छ ।

सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित गरी आफ्नै स्वामित्वमा अस्पताल निर्माण गर्ने, प्रदेशमा सुरुङ मार्गको निर्माणका लागि अध्ययन कार्य गर्ने, प्रदेश चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन जस्ता योजनाहरू अघि सारेको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएसँगै सत्तारुढ गठबन्धन दलका सांसदहरू उत्साहित देखिएका छन् । उनीहरुले सरकारले जनताप्रति उत्तरदायी भएर योजनाहरू ल्याएको बताएका छन् ।

बागमती प्रदेशको सत्तारुढ गठबन्धनको दोस्रो ठुलो दल नेपाली काँग्रेसका सचेतक छिरिङ दोर्जे लामा, नेकपा माओवादी केन्द्रकी संसद् सीति अधिकारी, नेकपा एकीकृत समाजवादी पार्टीकी संसद् प्रतिमा सिलवाल लगायतले सरकारको नीति तथा कार्यक्रम स्वागत योग्य रहेको बताएका छन् ।

उनीहरुले सरकारले छोटो समयमा मेहनत गरेर जनताको योजनाहरू नीति तथा कार्यक्रममा समावेश गर्न सफल भएको र वर्तमान सरकारले कार्यान्वयनमा जाने प्रकृतिका योजनाहरू ल्याएको भन्दै महत्त्वाकाङ्क्षी योजनाहरू अहिलेको सरकारले नल्याएको बताए ।

यता प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित प्रतिपक्ष दलका नेताहरूले सरकारको नीति तथा कार्यक्रममा असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले सरकारको नीति तथा कार्यक्रम जनहितकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल एमालेका मुख्य सचेतक दीपक निरौला प्रतिपक्ष दल विवेकशील साझा पार्टी बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्याल, नेमकिपाका संसदीय दलका नेता सुरेन्द्रराज गोर्साईले सरकारले पुरानै ढर्राबाट ल्याएको नीति तथा कार्यक्रम एक्सपायर भइसकेको बताए ।

उनले वर्तमान सरकारले खासै प्रभावकारी र जनहित कारी कार्यक्रम ल्याउन नसकेको र कार्यान्वयनमा जानेमा शङ्का व्यक्त गरे । उनका अनुसार सरकारले बजेट खर्च बढाउने प्रकृतिको कार्यक्रमहरू ल्याउनु पर्ने अवस्थामा त्यसलाई व्यस्तता गर्ने काम गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com