२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

बालेन्द्रको निर्णयलाई रेस्टुरेन्टको साथ, आरडीएक्सले आफ्नो शौचालयलाई बनायो सार्वजनिक

बालेन्द्रको निर्णयलाई रेस्टुरेन्टको साथ, आरडीएक्सले आफ्नो शौचालयलाई बनायो सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरभित्रका रेस्टुरेन्टलाई पब्लिक बनाउने निर्णय लिएलगत्तै यसको कार्यान्वयन सुरू भएको छ । काठमाडौंका रेस्टुरेन्टले मेयर बालेन्द्र साहको पहललाई साथ दिन थालेका छन् ।

मेयरका रूपमा पदभार ग्रहण गरेकै दिन साहले नगर कार्यपालिकाको बैठक डाकेर काठमाडौंका रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेका थिए । उक्त निर्णयअनुसार नरसिंह चोक मार्ग, काठमाडौँमा रहेको आरडिएक्स रेस्टुरेन्ट, ट्याटू र बारले आजबाट आफ्नो शौचालयलाई सार्वजनिक बनाएको छ ।

रेस्टुरेन्ट, ट्याटू र बारका सञ्चालक उमेन्द्र श्रेष्ठले आजबाट आफ्नो बारको शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग सुरु गरेको बताए ।

उनले भने, ‘हामीले आफ्नै तजबिजमा आजबाट हाम्रो बारको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याएका छौं । कुनै शुल्क नलिइकन हामीले यो सुविधा दिने निर्णय गरेका हौं ।’

महानगर वा अन्य कुनै निकायसँग पनि छलफल नगरी एकल निर्णय गरेको उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com