२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नेपाली कांग्रेसलाई ठूलो पार्टी हुनुमा दम्भ नदेखाउन अध्यक्ष प्रचण्डको आग्रह

नेपाली कांग्रेसलाई ठूलो पार्टी हुनुमा दम्भ नदेखाउन अध्यक्ष प्रचण्डको आग्रह

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दल नेपाली कांग्रेसलाई ठूलो पार्टी हुनुमा दम्भ नदेखाउन आग्रह गरेका छन् । बुधबार काठमाडौंमा आयोजना भएको माओवादी केन्द्रबाट जितेका स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखिकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली कांग्रेसलाई निर्वाचनमा ठूलो दल भएकोमा दम्भ र अहंकार नदेखाउन आग्रह गरेका हुन् ।

उनले विगतमा एमालेलाई अहंकार आएको उल्लेख गर्दै कांग्रेसमा पनि एमालेको जस्तै अहंकार आउने हो कि भन्ने डर पैदा भएको बताए । उनले कांग्रेसमा दम्भ र अहंकार चुलिएर माओवादीलाई केही पनि होइन भनेमा एमालेलाई जस्तै ठेगान लगाउने चुनौती दिए ।

अध्यक्ष दाहालले माओवादी केन्द्र गठबन्धनलाई कायम राखेरै अघि बढ्न चाहेको बताए । उनले भनेका छन्, ‘हामीलाई मानिसहरुले कहिलेकाहीँ व्यङ्ग्य पनि गर्छन् । माओवादी आफै त केही गर्दैन कहिले एमालेलाई ठूलो बनाउँछ । कहिले कांग्रेसलाई ठूलो बनाउँछ । कहिले एमालेको दम्भ बढाइदिन्छ । अहंकार बढेर चरम चुलीमा पुग्छ र कसैलाई मान्छे नगन्ने बनाइदिन्छ । कहिले कांग्रेसलाई भन्ने आरोप पनि छ हामी माओवादीलाई ।’

उनले थप भनेका छन्, ‘अब यो हाम्रो बाध्यता पनि छ । आवश्यकता पनि छ । हाम्रा कतिपय कमीहरु पनि होलान् । हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा त हाम्रो उद्देश्य त राम्रो उद्देश्यका साथ हामीले गरेको हो नि । तर यति धेरै अहंकार आयो त्यसको लिडरशीपमा सबै हामी नै हो भनेजस्तो ग¥यो । हामी त्यसको विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुगियो । अहिले कांग्रेसको फेरी त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले प्रधानमन्त्री बनायौँ । मेहनत गरेरै बनाएको प्रधानमन्त्री हो । हाम्रो अहिले पनि उहाँ भइराख्नुस् भन्ने छ ।’

उनले फेरि भने, ‘हाम्रो अर्को केही छैन । हामी गठबन्धन लाने । तर हामी चिन्तित छौँ यतिबेला । फेरि कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन अब स्थानीयमा पनि धेरैजसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने हामीले फेरी एमालेलाई ठेगान लगाएजस्तै फेरी कांग्रेसलाई लगाउने दिन नआओस् भन्ने छ हामीलाई । त्यसकारण म कांग्रेसका नेता साथीहरुलाई र कांग्रेस पार्टीलाई पनि भन्न चाहान्छु अहंकार र दम्भले कसैको पनि हित गर्दैन । जनता र राष्ट्रको त गर्दै गर्दैन । हामी गठबन्धन कायमै राखेर जान चाहान्छौँ । यो दुविधामा कोही पनि नपर्नुहोला है । मेरो भनाइबाट अर्को अर्थ नलगाउनु होला ।’

यसका साथै अध्यक्ष दाहालले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रुपमा नलिन पनि चेतावनी दिएका छन् । अध्यक्ष दाहालले माओवादी केन्द्रले जितेका स्थानीय तहहरुमा पार्टीको आधार इलाका हुनेगरी काम गर्न निर्देशन समेत दिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com