२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

धरान र काठमाडौंमा जित्नेमात्र स्वतन्त्र हुन्, अरु होइनन् : प्रचण्ड

धरान र काठमाडौंमा जित्नेमात्र स्वतन्त्र हुन्, अरु होइनन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीत तहको निर्वाचनमा धरान उपमहानगरपालिका र काठमाडौं महानगरपालिकामा जित हासिल गर्नेमात्र स्वतन्त्र उम्मेदवार भएको बताएका छन् ।

बुधबार काठमाडौंको कमलपोखरीस्थित कुमारी हलमा आयोजित जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यी दूई नगरमा स्वतन्त्र रुपमा उठेर जित हासिल गरेका मात्र स्वतन्त्र उम्मेदवार भएको बताए ।

जनकपुरधाम उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेर जितेकाहरु स्वतन्त्र नभएको प्रचण्डले बताए । ‘जनकपुरमा जितेको स्वतन्त्र हो, स्वतन्त्र होइन । धनगढीमा जितेको स्वतन्त्र हो, स्वतन्त्र होइन । यो पार्टीकै हो सबै । दुईटा मान्छेचाहिँ अलि भिन्न ढंगले आए, काठमाडौं र धरान । यसमा अलि भिन्न छन् तर अरु कोही स्वतन्त्र छैनन्,’ प्रचण्डले भने ।

दुई ठाउँमा स्वतन्त्र रुपमा जितेका उम्मेदवारले पार्टीलाई राम्रो सबक सिकाएको पनि प्रचण्डले बताए । उनका अनुसार माओवादीले काम गर्न नसकेपछि जनताले ‘तिमीहरु त्यसो गर्छौँ हामी यसो गर्छौँ’ भनेर सबक सिकाएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘भिन्नलाईचाहिँ मैले के देख्छु भने उनीहरुलेचाहिँ माओवादीको जस्तो कुरा गरेका छन् क्या १ त्यसो भएकोले उनीहरुलाई जनताले मत दिएको हो । हिजो हामीले जनताको सेवा गर्ने, हावा, पानी, फोहोरमैला व्यवस्थापन, शोषण, विभेद, अत्यचार सब सिध्याउँछौँ भनेर भनेको होइन । अहिले उनीहरु पनि त्यसरी नै पानीको मुहान खोज्दै हिँड्छन् । यी सबै त हाम्रा कुरा हुन् । तर, हामीले राम्रो गर्न नसकेपछि हेर तिमीहरु यसो नगरेपछि हामी यसो गर्छौँ भनेर जनताले हामीलाई नै सबक सिकाएको जस्तो लाग्छ । मैले यस विषयमा बधाई पनि दिएको छु ।’

अध्यक्ष प्रचण्डले दुई नगरमा स्वतन्त्रले चुनाव जित्दैमा स्वतन्त्रले अब राज्य सञ्चालन गर्छ भन्ने भ्रममा नपर्न पनि ध्यानाकर्षण गरेका छन् । उनले पार्टी सिस्टम कमजोर हुने र स्वतन्त्रको राज्य चल्ने विल्कुल हुन नसक्ने कुरा भएको स्पष्ट पारे ।

उनले भने, ‘तर, स्वतन्त्रले नै देश चलाउछन् भनेर नसोचौँ, त्यो भ्रममा हामी नपरौँ । त्यो अपवाद हो । कुनै न कुनै रुपमा पार्टीसँग सहकार्य गरेर मात्र अघि बढ्ने सक्ने स्थिति हुन्छ यो देशमा । पार्टी सिस्टम कमजोर हुने स्वतन्त्रको राज्य चल्ने विल्कुल हुन सक्ने कुरा होइन ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com