२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

घाँटीमा जिउँदो माछा अड्किएपछि आपतकालीन शल्यक्रिया

घाँटीमा जिउँदो माछा अड्किएपछि आपतकालीन शल्यक्रिया

जनसेवा न्युज डटकम संवाददाता

थाइल्याण्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो । थाइल्याण्डको फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मात एउटा माछा ती व्यक्तिको मुखभित्र पसेको थाई सञ्चार माध्यमहरूले जनाएका छन् ।

माछा घाँटीभित्र पसेपछि उनी निसासिएका थिए । श्वास फेर्न नसकेपछि घाँटी समाएर अत्तालिएका उनलाई स्थानीयले फथलुङ प्रादेशिक अस्पतालमा पु¥याएका थिए । एक घन्टा लामो शल्यक्रियापछि रगतले भरिएको माछालाई उनको घाँटीबाट बाहिर निकालिएको थियो ।

‘मुखभित्र माछा पस्ने घटना निकै दुर्लभ हो । यस्तो केस मैले पहिले कहिल्यै देखेको थिइनँ,’ डा। सर्मश्री पाथोमपानिच्रतले भने, ‘हाम्रा डाक्टरहरूले हाम्रो बिरामीको अंगमा हुने क्षतिलाई कम गर्न कडा मेहनत गरे। उनीहरूले बिरामीलाई सफलतापूर्वक बचाएका छन् ।’

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com