२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

घनश्यामलाई कारवाही हुनै लाग्दा ओलीको बचाउमा योगेशले भने – ‘अप्ठ्यारोमा सम्हालिनु पर्थ्यो’

 

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अप्ठ्यारोको बेला सम्हालिन नेताहरुलाई सुझाव दिएका छन् ।

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले आबेग, उत्तेजना र आग्रहमा कुनै पनि प्रतिकृया नदिन उनले आग्रह गरेका छन् । सो प्रकारको प्रतिकृयाले सहि ठाउँमा नपुर्याउने उनले दावी गरेका छन् ।

‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आबेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि कृया र प्रतिकृयाले सहि ठाउँमा पुर्याउँदैन । फेरी पनि बादे बादे जायते तत्व बोध,’ उनले ट्वीटमा भनेका छन् ।

उनको यो प्रतिकृया एमाले पार्टीकै पछिल्लो आन्तरिक किचलोप्रति लक्षित छ । स्थानीय निर्वाचनमा सोचे अनुरुप जित ल्याउन नसक्दा एमालेभित्र एक प्रकारको खैलाबैला पैदा भएको छ ।

नेकपा एमाले अनुशासन समितिले पार्टीमा वैचारिक मानिएका नेता घनश्याम भूषाललाई कारवाही गर्न सिफारिस गरेको छ । उनलाई एक सञ्चार माध्यममा अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै कारवाहीको सिफारिस गरेको हो ।

उक्त सिफारिस लगत्तै सचिव भट्टराईले ट्वीटमार्फत उक्त प्रतिकृया दिएका हुन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com