२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

शेयर बजारको समस्या समाधान को माग गर्दै : अध्यक्ष राधा पोखरेलले बुझाए प्रधामन्त्रीलाई ज्ञापनपत्र

 

जनसेवा न्युज डटकम संवाददाता

शेयर बजारको समस्या समाधानका लागि पहल गर्न माग गर्दै लगानीकर्ताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

आइतवार नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा शेयर लगानीकर्ताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् । प्रधानमन्त्रीसँग भेटवार्ता गरी उनीहरूले ४ बुँदे माग समेत पेश गरेका हुन् ।

शेयर धितो कर्जामा लगाइएको ४ १२ को क्याप पूर्ण रूपमा खारेज गर्ने, सीसीडीलाई सीडीमा कायम गरिएकोमा यसलाई खारेज गरी पूनः सीसीडी नै कायम गर्ने, भारित औषत दर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पूरानै भारित औषत दर १०० कायम गर्ने, पूँजी बजारलाई ७ प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका माग समावेश गरिएको ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाइएको हो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com