२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

मधेसको नीति तथा कार्यक्रम : छात्रालाई साइकलदेखि ल्यापटपसम्म (पूर्ण पाठसहित)

 

जनसेवा न्युज डटकम संवाददाता

मधेस सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप वितरण गर्ने भएको छ । आइतबार प्रस्तुत गरिएको प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई साइकल र १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप वितरण उल्लेख गरिएको छ ।

प्रदेशसभा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “बेटी पढाऔँ”​ बेटी बचाऔँ” अभियान अन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छोरीलाई साइकल र कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने बताएका हुन् । आगामी आर्थिक वर्षदेखि साइकल किन्ने रकम सिधै विद्यालयमा पठाउने नीति लिइएको छ । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आफैं खरीद गरेर विद्यालयलाई साइकल उपलब्ध गराउँदै आएको थियो ।

यस्तै नीति तथा कार्यक्रममा शिक्षालाई गुणस्तरीय बनाउन योगदान दिने २४ जना शिक्षकलाई प्रत्येक वर्ष मधेस शिक्षा पुरस्कारबाट सम्मान गर्ने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा टोल क्लिनिक सेवा सञ्चालन गरी स्थानीयस्तरमै स्वास्थ्य सेवा प्रदान गर्ने, धनुषाको नगराइनमा सहिद दुर्गानन्द झाको नामबाट बाल अस्पताल स्थापना गर्ने, प्रदेश मुद्रण संचालन गर्नेजस्ता विषय समावेश गरिएको छ ।

यस्तै नीति तथा कार्यक्रममा मधेस प्रदेश सरकारले सुशासन, विकास, कृषि, स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । सरकारद्वारा संचालित विभिन्न पुराना आयोजना तथा अभियानलाई निरन्तरता दिइने गरी नीति तथा कार्यक्रममा समेटेका छन् । मधेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेशको प्रत्येक जिल्लामा विकास निर्माणलाई तिव्र गति दिन एक जिल्ला एक प्रादेशिक नमुना परियोजना बनाउने योजना अघि सारेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com