२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

इम्बोस्ड नम्बर प्लेटमार्फत् चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने सांसद रावलको आशंका

 

काठमाडौं । नेकपा (एमाले) का सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमार्फत् चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशंका व्यक्त गरेका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब घोटाला हुनसक्ने आशंका व्यक्त गरेका हुन् ।

संविधान अनुरुप सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने भएपनि सो मर्म बमोजिम नभई इम्बोस्ड नम्बर अंग्रेजी भाषामा गरिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । उनले इम्बोस्ड नम्बर प्लेट बनाउन दिइने कम्पनी नै विश्व बैंकको कालोसूचीमा रहेको बताए ।

उनले भने, ‘अहिले हाम्रो देशमा जुन यो गाडीमा नम्बर प्लेट राख्ने कुरा छ । के नेपाल सरकारले जति बेला ठेक्का लगाइयो त्यो ठेक्का लगाउँदा त्यो ठेकेदार नै कालोसूचीमा, विश्वबैंकले कालोसूचीमा राखेको कम्पनी छ । त्यो बेला र अहिलेको त्यो रकम हेरौँ झन्डै त्यसमा तीन, चार अर्ब रुपैयाँको त त्यसमा घोटाला हुने जस्तो देखिन्छ ।’

उनले थपे, ‘अहिले करिब ४ हजार गाडीहरुलाई त्यो प्लेट दिइएकोमा १५ सयको त एक वर्षमै त्यो प्लेट काम नलाग्ने भयो भनेर समाचार सञ्चामाध्यममा पढ्नमा आएको छ त्यो । तथ्य अगाडि त्यसरी देखिन्छ । हाम्रो देशभरी जुन नम्बर प्लेट राखिन्थ्यो त्यसमा हाम्रो संविधानको धारा ७ बमोजिम देवनागरी लिपीमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुने भन्या त्यो त सरकारले निर्णय गर्दा नेपाली भाषाको प्रयोग गर्नुपर्ने होइन र ?

उनले फेरि भने, ‘यो लोकतन्त्रमा आफू अनियमित काम गर्ने, देशको अर्थतन्त्रलाई अपm्ठ्यारोमा पार्ने, त्यो गाडीमा नम्बर प्लेट लेख्दा नेपालीले कति रोजगारी पाउँथे हिसावकिताव ग¥या छ नेपाल सरकारले ? देशव्यापी रुपमा त्यसबाट जनता कति लाभान्वित हुन्थे ?’

उनले विदेशी कम्पनीलाई बायोमेट्रिक गर्न दिन नहुने पनि बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com